Logo
Logo

श्रीलंकाः हट्यो संकटकाल, सरकार अल्पमतमा


1.1k
Shares

एजेन्सी । चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा लगाइएको संकटकाल हटाइएको छ । सरकार विरोधी प्रदर्शनले उग्ररुप लिएपछि नियन्त्रणका लागि लगाइएको राष्ट्रिय संकटकाल खारेज भएको हो ।

फाइल फोटो

आर्थिक संकट चुलिएपछि नागरिकस्तरबाट उर्लिएको आन्दोलन मत्थर पार्न १८ गतेदेखि श्रीलंका सरकारले संकटकाल लागू गरेका थियो । तर, संकटकाल घोषणा गरिएको दुई हप्ताभित्रै संसदबाट पारित गर्नुपर्ने प्रावधान अनुसार संकटकाल अनुमोदन नहुने भएपछि राष्ट्रपति गोटावाय राजापाक्षे निर्णय फिर्ता लिन बाध्य बनेका हुन् । संकटकालको आडमा सरकार विरोधी प्रदर्शन रोक्ने प्रयास राष्ट्रपति राजापाक्षेले गरेका थिए । तर, सत्ता साझेदार दलहरुबाट उनले सहयोग पाएनन् ।

सहयात्रीहरुले साथ छाडेपछि राष्ट्रपति राजापाक्षे नेतृत्वको सरकार अल्पमतमा परेको छ । सरकारका सबै मन्त्रीले राजीनामा दिएपछि उनले सर्वदलीय सरकार गठनका लागि आह्वान गरेका छन् । तर, उनको अपीललाई विपक्षीहरुले अस्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्