काठमाडौं । एनएलजी इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । हालै सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले प्रस्तावित १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश पारित गरेको हो । १० प्रतिशत बोनस सेयर पारितसँगै कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।
त्यसैगरी साधारणसभाले सञ्चालक समितिमा दुई जनालाई निर्विरोध निर्वाचित गरेको छ । सभाले सर्वसाधारण लगानीकर्ताबाट प्रतिनिधित्व गर्ने शालिनी राणा शाह र डा. भरतकुमार थापालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७÷७८ मा २ अर्ब १२ करोड रुपैयाँ कूल बीमाशुल्क र ६८ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ । त्यस्तै, सोही वर्षमा इन्स्योरेन्सले साढे २० करोड रुपैयाँ बराबरको खुद नाफा गरेको थियो ।
इन्स्योरेन्सको कूल लगानीसँगै कूल कारोबार रकम पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको कूल लगानी ११ प्रतिशतले बढेको छ भने कारोबार रकम १७.७३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको १६औं वार्षिक साधारणसभा चैत १७ गते काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा भएको थियो ।