Logo
Logo

स्टार्ट अप एण्ड आइडिया फेष्टमा एनआइबिएलको सहभागिता


504
Shares

काठमाडौं । बुटवलमा सम्पन्न स्टार्ट अप एण्ड आइडिया फेष्ट–२०२२ मा एनआइबिएल एस क्यापिटल लिमिटेड पनि सहभागी भएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको सो कम्पनीले उक्त कार्यक्रममा पनि सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाबारे जानकारी गराएको छ ।

सो कम्पनीले उक्त सेवामार्फत् नवीनतम योजना र सोचलाई व्यावसायिक पूर्णता दिने उद्देश्य राखिएको जनाएको छ । गत चैत १८ गतेदेखि लिभिङ विथ आइसिटीले सातवटै प्रदेशमा इ–बीमाको मुख्य प्रायोजनमा स्टार्ट अप एण्ड आइडिया फेष्ट–२०२२ आयोजना गरेको थियो । त्यसक्रममा हिजो उक्त फेष्टको दोस्रो कार्यक्रम बुटवलमा सम्पन्न भएको हो । डिजिटल क्षेत्रमा क्रियाशील स्थानीय नव प्रवर्द्धकहरुलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

एनआइबिएल एस क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवामार्फत् व्यावसायिक योजना बनाउन बिजनेश प्लान, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने (मार्केट एसिसमेन्ट एण्ड फिजिबिलिटि), पूँजी संकलन गर्ने (इक्विटी राइजिङ), ऋण संकलनमा वित्तिय संस्था र व्यवसायीबीच मध्यस्थता गर्ने (डेब्ट राइजिङ एण्ड लोन सिन्डिकेसन) र अन्य व्यावसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्