Logo
Logo

सशस्त्रमा लेखातर्फका ११ इन्सपेक्टरको डिएसपीमा बढुवा, प्रशासनतर्फ बढुवा अन्योल


12.3k
Shares


काठमाडौं । अवकाश पाउन लागेका सशस्त्र प्रहरीका महानिरीक्षक शैलन्द्र खनालले लेखातर्फका इन्सपेक्टरको डिएसपीमा बढुवा सिफारिस गरेका छन् । तर, प्रशासनतर्फका रिक्त पदको बढुवा भने अन्योलमा छ ।


लेखातर्फको पनि दुई पटक बैठक बसेर निर्णय गरिएको छ । इन्सपेक्टर राजु कुमार ढकालको हकमा सोमबार बैठक बसेर सिफारिस गरिएको थियो । ढकाल इन्सपेक्टर भएको १८ वर्षपछि डिएसपीमा बढुवा भएका हुन् ।


त्यस्तै, लेखाका अन्य १० जना इन्सपेक्टरको पनि डिएसपीमा बढुवा सिफारिस भएको छ । जसमा गणेशबहादुर मल्ल, करबहादुर घर्तिमगर, रमेश थापा, खुस बहादुर श्रेष्ठ, तारा बहादुर केसी, महेन्द्र हमाल, उर्मिला थापा, शोभाकान्त ढकाल र सुदन गिरी छन् ।


डिएसपीको प्रशासनतर्फ भने बढुवाको प्रक्रिया अघि बढाइएको छैन । गृह र सशस्त्र महानिरीक्षकबीच कुरा नमिल्दा प्रशासनतर्फ बढुवा हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्