काठमाडौं । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का नेता शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्ने सम्भावना देखिएको छ ।
पाकिस्तानको नयाँ प्रधानमन्त्री को बन्ला भन्ने चासो सर्वत्र व्यक्त भइरहँदा उनको सम्भावना बलियो देखिएको पाकिस्तानी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
सम्भवत : सदनले शहबाजलाई आगामी सोमबार नयाँ प्रधानमन्त्री चुन्न सक्ने एजेन्सीले जनाएको छ । शहबाज पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ हुन् ।
शहबाज शरीफका दुई दाजुहरु अब्बास शरीफ र नवाज शरीफ हुन् । नवाज शरीफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बनेका थिए । अविश्वासको प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् ।