Logo
Logo

एनसीसी बैंक र दराजबीच सम्झौता


378
Shares

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) र दराज अनलाइन सपिङबीच नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायव महाप्रबन्धक मुकुन्द सुवेदी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।

बैंकको कार्ड प्रयोगकर्ताहरूले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत २८ देखि सीमित समयका लागि डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा रु एक हजारसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु एक हजार ५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नका लागि ग्राहकले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्ने हुन्छ । ग्राहकलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आवेदन दिन अनुरोध गरिएको छ ।

यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकलाई नयाँ वर्षमा सजिलोसगँ घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु रहेको छ । देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले सातवटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएममार्फत ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसिसी बैंक २५ वर्षदेखि आम नागरिकमाझ विश्वासिलो बंैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यमा पनि सक्रियरुपमा सहभागी हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्