एजेन्सी । युक्रेनको राजधानी किएभ छेऊमा अर्को सामूहिक चिहान भेटिएको छ । बीबीसीका अनुसार रुसी सेना फर्किएपछि गरिएको खोजी तथा उद्दारका क्रममा बुजोभा गाउँमा गैर सैनिकको सामूहिक चिहान भेटिएको हो ।
राजधानी आसपासका अन्य ठाउँमा यसअघि पनि सामूहिक चिहान भेटिएको थियो । राजधानीलाई घेराबन्दी गरेको रुसी फौजले कैयौँ दिनसम्म उक्त क्षेत्रलाई कब्जामा लिएको थियो । सामूहिक चिहान भेटिएपछि युद्ध अपराधको आरोप लगाउँदै अन्तर्राष्ट्रियस्तरबाट रुसको निन्दा भएको छ । तर, रुसले भने आफूले कुनै गल्ती नगरेको बताएको छ ।