काठमाडौं । मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिल कुमार झा ५ लाख रुपैयाँ लिदै गर्दा रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सोमबार बिहान जनकपुरको भानुचोकबाट उनलाई रंगेहात पपक्राउ गरेको हो ।
धनुषाको धनौजी गाँउपालिकाका जग्गा विवादमा बार्गेनिङ गरेर उनले घुस लिएका हुन् । पीडित सेवाग्राहीले अख्तियारलाई खबर गरेर पैसा दिएका थिए ।
मालपोत कार्यालय अत्याधिक घुसको लेनदेन हुने कार्यालयका रुपमा चिनिन्छ ।