Logo
Logo

२७औँ क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा


252
Shares

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा २०७९ वैशाख ७ देखि ६ दिन आयोजना हुने आइएमई पे क्यान इन्फोटेक २०२२ इन एशोसिएसन विथ एससिटी स्मार्ट क्युआरको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक क्यान महासंघले पत्रकार सम्मेलन गरेर तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी कोभिड–१९ का कारण अघिल्ला दुई वर्ष स्थगित हुँदै यो वर्ष आयोजना हुन लागेको हो । पहिले सबै प्रदेशमा प्रदर्शनी आयोजना हुने गरेकोमा यो वर्ष काठमाडौंमा मात्र हुने भएकाले पनि अहिलेको प्रदर्शनीमा प्रदर्शक तथा सरोकारवालाहरूमा उत्साह देखिएको आयोजकको दाबी छ ।

२७औँ क्यान इन्फोटेकको शीर्ष प्रायोजन आइएमई पेले गरेको छ भने सहप्रायोजकमा एससिटी स्मार्ट क्युआर युनियन पे रहेको जनाइएको छ । इन्फोटेकको प्लाटिनम प्रायोजकमा वल्र्डलिंक कम्युनिकेसन, डायमन्ड प्रायोजकमा डिस होम फाइबरनेट, गोल्ड प्रायोजकमा जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ हाउस लिमिटेड तथा सिल्भर प्रायोजकमा नमस्ते पे, डिजिकम, एस–पावर, ब्रोडवे इन्फोसिस, हुवावे टेक्नोलोजिज र टेकमिन्ट रहेको जनाइएको छ । त्यसैगरी, इन्नोभेसन पार्टनरमा सफ्टवेरिका कलेज, एकेडेमिक पार्टनरमा सनवे कलेज, लजिस्टिक पार्टनरमा एक्सल्याब, इ–कमर्स पार्टनरमा सोचेको डटकम र डिजिटल डिस्प्ले पार्टनरमा अल्ट्रा एलइडी रहेको आयोजकले जनाएका छन् । यसैगरी, प्रदर्शनीको अफिसियल बैंकका रूपमा ग्लोबल आइएमई बैंक, अफिसियल इन्स्योरेन्सका रूपमा आइएमई जनरल इन्स्योरेन्स रहेको जनाइएको छ ।

इन्फोटेकलाई नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसु केबलनेट, भायानेट, रोबोटिक्स एसोसिएसन अफ नेपालको प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग एवं समर्थन रहेको जनाइएको छ ।

आइसिटी एक्सेसरिज तथा प्रडक्ट लन्चिङ खण्डमा व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने आयोजकको दाबी छ ।

इन्फोटेक करिब साढे तीन लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । यसपटकको इन्फोटेक पेपरलेस एवं क्यासलेस प्रवेश टिकटको व्यवस्था गरिने र प्रवेश शुल्क जम्मा एक रुपैयाँ मात्र तोकिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्