Logo
Logo

केन्ट आरओको नयाँ वर्ष अफर


252
Shares

काठमाडौं । नेपालका लागि केन्टका उत्पादनको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको कम्पनी इओएल प्रालिले नयाँ वर्षको अवसर पारेर ग्राहक लक्षित योजना ल्याएको छ । कम्पनीले ‘स्वच्छ पानी, साथमा बिमा पनि, केन्ट आरओसँग ढुक्क छ जिन्दगानी’ भन्ने नारासहित केन्ट आरओका ग्राहकको बिमा गरिदिने योजना ल्याएको हो ।

योजना केन्टको कुनै पनि आरओ मोडल र केन्ट हेपा एयर प्युरिफायरको खरिदमा लागू हुने जनाइएको छ । योजनाअनुसार केन्ट खरिदकर्ताले तीन लाख रुपैयाँबराबरको दुर्घटना बिमा पाउने जनाइएको छ । योजना सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।

पानीमा भएका असंख्य सूक्ष्म कीटाणु, रसायन, भाइरसलगायतका हानिकारक तŒवका कारण पिउनुभन्दा पहिले सचेत हुनुपर्ने कम्पनीको भनाइ छ । पानी पिउनुभन्दा पहिले शुद्ध छ भन्ने सुनिश्चित गर्ने समस्या झेलिरहनुभन्दा केन्ट आरओबाट प्रशोधित पानी प्रयोग गर्दा पानीजन्य रोगको समस्या नआउने कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्