Logo
Logo

कामना सेवाको ब्रान्ड एम्बेस्डरमा लामिछाने


378
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो ब्रान्ड एम्बेस्डरमा सञ्चारकर्मी रवि लामिछानेलाई नियुक्त गरेको छ । काठमाडांैमा आयोजित एक कार्यक्रममा लामिछाने र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतबीच सम्झौतापत्रमा हस्ताक्षरपछि बैंकले लामिछानेलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको घोषणा गरेको हो ।

सम्झौतापछि बैंकका ब्रान्ड एम्बेस्डर लामिछानेले बैंकबाट पारिश्रमिकबापत पाउने रकमको अधिकांश भाग शिक्षाको पहुँचबाट टाढा रहेको समुदायमा शिक्षाको ज्योति पु¥याउने कामका लागि छुट्याउने बताएका छन् । यसैगरी, बैंकले गायक सुगम पोखरेलसँगको आधिकारिक भ्वाइस पार्टनरको सम्झौता पनि नवीकरण गरेको जनाएको छ । सम्झौतापछि बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकका प्रचार–प्रसारलगायतका क्रियाकलापहरूमा सहभागी भई बैंकको पहिचान तथा साख वृद्धिमा दुवै व्यक्तित्वले महŒवपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।

यसै कार्यक्रममा युआरएस नेपालका तर्फबाट कन्ट्री डाइरेक्टर प्रकाश पौडेलले कामना सेवा विकास बैंकलाई आइएसओ ९००१ः२०१५ प्रमाणीकरणको प्रमाणपत्र प्रदान गरेको जनाइएको छ । नेपालकै आइएसओ ९००१ः२०१५ प्रमाणित प्रथम विकास बैंक बन्न सफल भएको बैंकले जनाएको छ । साथै, बैंकले ‘हामी सक्षम छौँ’ भन्ने नाराका साथ ०७९ का लागि आफ्नो आधिकारिक क्यालेन्डर पनि सार्वजनिक गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्