काठमाडौं । सशस्त्र प्रहरीमा रिक्त भएको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न प्रतिस्पर्धीहरुका लागि सूचना प्रकाशन गरिएको छ ।
बुधवार नियुक्त भएका आईजीपी पुष्पराम केसीले ३ दिने सूचना जारी गरेका हुन् । आईजीपी बढुवा समितिको सदस्य सचिव हुने व्यवस्था छ । सशस्त्र प्रहरीमा एआईजीको १ सिट रिक्त छ । सो सिटमा बढुवा हुन ३ जना प्रतिस्पर्धामा छन् ।
प्रतिस्पर्धीहरुलाई बढुवा प्रयोजनका लागि आवश्यक प्रमाण पत्रका प्रतिलिपीहरु संलग्न गरेर मूल्याङ्कन फारम ३ दिनभित्र बुझाउन भनिएको छ । ‘सशस्त्र प्रहरी नियमावलीको नियम ५१ सँग सम्बन्धित मूल्याङ्कन फारम भरेर गृह मन्त्रालयस्थित बढुवा समितिको सचिवालयमा पेश गर्न सूचना प्रकाशन गरिएको छ’–बुधवार जारी सूचनामा उल्लेख छ ।
अहिले एआईजीमा बढुवा हुने अधिकृत २०७९ वैशाख १८ पछि आइजिपी नियुक्त हुनेछन् । बुधवार नियुक्त आईजीपी केसी वैशाख १८ मा अवकाशमा जाँदैछन् । उनीसँगै एआईजी रामशरण पौडेल पनि अवकाशमा जान्छन् ।