एजेन्सी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले रुस र युक्रेन युद्धका कारण संसारमा उत्पन्न भएका विभिन्न असरहरू घटाउने काममा लाग्न आग्रह गरेका छन् ।
समाचार संस्था सिन्ह्वाका अनुसार महासचिव गुटर्रेसले अहिले विश्वमा रुस र युक्रेनको युद्धका कारण विभिन्न क्षेत्रमा असर परिरहेको भन्दै त्यसलाई कम गर्ने पक्षमा विश्वका नागरिक लाग्नुपर्ने अवस्था रहेको बताएका हुन् । उनले अहिले यी दुई देशको युद्धका कारण खासगरी खाद्यान्न, इन्धन तथा वित्त प्रणालीमा पनि असर परिरहेको बताए ।
दुई देशको युद्धका कारण संसारका विभिन्न देश र विशेषगरी विकासशील देशहरूमा यस्तो असर परिरहेको छ । कतिपय ठाउँमा यसको प्रत्यक्ष असर परेको र अन्य कतिपय ठाउँमा उक्त युद्धको असर भनेर समस्या सिर्जना गरिएको पनि उनको भनाइ छ ।