Logo
Logo

एनसीसी बैंक र नाई संघबीच क्यूआरकोड तथा वित्तीय साक्षरतासम्बन्धी सम्झौता


315
Shares

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले नेपाल राष्ट्रिय नाई संघबीच वित्तीय साक्षरताअन्तर्गत बैंकिङ कारोबार, बचतका फाइदा तथा क्यूआर कोडबाट हुने कारोबार सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । बैंकले नाइर्् संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रममा संघमा आबद्ध देशैभरिका ७०० भन्दा बढी नाई सदस्यको सहभागिता थियो । संघमा आबद्ध नाईहरूलाई क्यूआरकोड सेवा प्रदान गर्ने सम्बन्धी सम्झौताअन्तर्गत संघमा आबद्ध भई क्यूआरकोड सेवा लिएका नाईलाई बैंकले उपलब्ध गराउने सेवा सुबिधामा उच्च प्राथमिकता दिने तथा शुल्कहरुमा आवश्यक छुट दिने भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट नायव महाप्रबन्धक मुकुन्द सुवेदी र संघका तर्फबाट अध्यक्ष पल्टन ठाकुरले हस्ताक्षर गरेका थिए ।

नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको एनसीसी बैंकले ग्राहकमाझ थुप्रै खालका सेवा सुविधा ल्याइरहेको छ । बैंकले ल्याएका नयाँ र आकर्षक सेवा सुविधाका कारण ग्राहकको आकर्षण बढ्दो छ । देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्