Logo
Logo

ग्राहक सेवा केन्द्रमार्फत माछापुच्छ्रे बैंकले २४सै घण्टा सेवा प्रदान गर्ने


252
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७९ को अवसर पारी ग्राहक सेवा केन्द्रलाई २४सै घण्टा र हप्ताको सातै दिन सञ्चालनमा ल्याउने गरी सुरुवात गरेको छ । बैंकिङ क्षेत्रमा नयाँ–नयाँ स्मार्ट सुविधासहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको बैंकले ग्राहकलाई मध्यनजर गर्दै यसअघि सीमित अवधिका लागि सञ्चालन गरिरहेको सेवा हरेक दिन २४सै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाएको जनाएको छ । ग्राहक सेवा केन्द्रले ग्राहकलाई परेको समस्या समाधान बैंकको सामाजिक सञ्जाल तथा टेलिफोनमार्फत सुविधा दिँदै आएको छ ।

गुणस्तरीय सेवा विस्तारका साथै देश तथा विदेशका ग्राहकलाई बैंकसँग सम्बन्धित सूचना आदान–प्रदान गर्नका लागि सेवा केन्द्रले मुख्य भूमिका खेल्ने बैंकले जनाएको छ । ग्राहकले ०१५९७०५५५ मा फोन गरी आफूलाई आवश्यक जानकारी तत्काल प्राप्त गर्ने र बैंकसँग सम्बन्धित विभिन्न सेवा, सुविधा, सूचना, गुनासो तथा अन्य कुराको जानकारीका लागि बैंकसम्म पुग्न सहज हुनेछ ।

स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको बैंकले मोबाइल, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एंव मुद्धति खाता खोल्ने, क्यूआरकोड लगायतका थुप्रै सेवा ग्राहकमाझ ल्याइसकेको जनाएको छ । बैंकले हाल देशका सातै प्रदेशमा १६४ शाखा, आठ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैंकिङ सेवा, २०३ एटिएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्