Logo
Logo

दुबईबाट नेपालमा आतंक मच्चाउने जाभेदलाई प्रहरीले किन पक्राउ गर्न सकेन ?


7.9k
Shares


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरद गौचनको गोली हानी हत्या गरिएको करिब एक वर्षपछि विदेशबाट फोन गरेर पैसा मागी व्यापारीलाई आतंकित बनाइएको थियो । पैसा नदिए गौचनको जस्तै हालत बनाइदिने धम्की निरन्तर आएपछि त्यतीबेला व्यवसायीहरु यती आतंकित बनेका थिए उनीहरु तत्कालिन प्रधानमन्त्रीलाई समेत सुरक्षा माग्दै गुहार्न पुगे ।


त्यसरी विदेशबाट व्यापारीलाई धम्काउने व्यक्ति थिए जाभेद अनवार दिन । संयुक्त अरब इमिरेट्स(यूएइ)मा बसेर उनले नेपालमा व्यवसायीलाई धम्काउने काम गर्थे । प्रहरीले उनको बारेमा पत्ता त लगायो तर तीन वर्षको प्रयास गर्दा पनि यूएइबाट पक्राउ गरेर नेपाल ल्याउन सकेको छैन । उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन(इन्टपोल)ले रेड नोटिस समेत जारी गरिसकेको छ । २९ जुलाई २०२० मा उनीविरुद्ध रेड नोटिस जारी भएको थियो । तर, यूएइ प्रहरीको ‘असहयोग’का कारण उनलाई नेपाल ल्याउन नसकिएको प्रहरी अधिकारी बताउँछन् । बाग्लुङ स्थायी घर भएका उनी सानै उमेरदिन काठमाडौंमा गुन्डा नाइकेहरुको संगतमा थिए । पछि बैदेशिक रोजगारीमा गएपछि उनलाई नै सो समूहले प्रयोग गरेको थियो । उनीविरुद्ध संगठित अपराध र अपराधिक लाभ मुद्दा जिल्ला अदालत काठमाडौंमा दायर भएको छ ।


नेपालमा अन्र्डरवल्र्ड समूह चलाउने योजनाका साथ सो समूहले गौचनको हत्या गरी यसरी फिरौती आतंक मच्चाएको थियो । त्यसमा गौचनलाई गोली हान्ने गिरोहका नाइके समिरमानसिंह बस्नेत नै सहभागी थिए । त्यतीबेला पक्राउ परिसकेका उनले जेलभित्रैबाट त्यस्तो गिरोह चलाएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।


त्यो गिरोहका अधिकांश पक्राउ परेपनि उनलाई भने प्रहरीले निकै प्रयास गर्दा पनि नेपाल ल्याउन सकेको छैन । ‘हामीले बारम्बर आग्रह गर्दा पनि युएई प्रहरीले स्थानीय प्रहरीले उनलाई भेटाउन नसकेको भनेर टार्दै आएको छ,’ इन्टरपोल शाखाका एक अधिकारीले भने,‘तर, हाम्रो सूचनामा उनी युएइमै भएको पुष्टि हुन्छ ।’ यूएइसँग सुपुदर्गी सन्धि नहुँदा पनि समस्या भएको प्रहरी अधिकारीको भनाई छ । सन्धि नभएपछि युएइ लगायत देशले नेपालमा अपराध गरेर भागेका व्यक्तिलाई पक्राउ गरी निष्काशन गरी सहयोग गर्दै आएको छ । यस्ता घटनामा समन्वय तथा अन्दरदेशीय अपराधको अनुसन्धानका लागि यूएइ लगायतका देशमा प्रहरी सहचारी राख्ने प्रस्ताव प्रहरी प्रधान कार्यालयले वर्षाैदेखि गर्दै आएपनि सरकारले चासो नदिदां पनि यस्तो समस्या भोग्नुपरेको प्रहरी अधिकारी बताउँछन् ।


गुन्डा नाइके समिरमानसिंह बस्नेतेका समूहका सदस्य हुन् जाभेद । प्रहरीले वारेन्ट जारी गरेपछि उनी यूएईमै लुक्दै आएका छन् । यसरी फिरौती आतंक मच्चाएको आरोपमा तत्कालिन गृहमन्त्री रामबहादुर थापाका बादलका भाइ नरेश कुमार थापासहित काठमाडौं स्युचाटारका पवन खड्का, काठमाडौं इचंगुनारायणका सुरेन नगरकोटी, काठमाडौं भेडासिंहका शैलेश प्रजापति, काठमाडौं नागार्जुनका विनोद लामा, वीरबल भट्टराई, मन बहादुर पुन मगरलाई २०७६ को भदौमा पक्राउ गरी सिआइबीले मुद्दा दायर गरेको थियो । सो गिरोहले तत्कालिन गृहमन्त्रीकै भाइ थापा तथा प्रहरी जवान वीरबल भट्टराईलाई समेत आफ्नो समूहमा राखेको थियो । केन्द्रीय कारागारभित्र रहेका बेला गुन्डा नाइके बस्नेतले जवान भट्टराईलाई प्रभावमा पारी उनको सहयोग लिएका थिए । जेलभित्रैबाट बस्नेतले दुबईसम्म सम्पर्क गरेर जाभेदलाई परिचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्