Logo
Logo

युद्धमा २० हजार रुसी सेनाको मृत्यु भएको दाबी


819
Shares

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस युक्रेन युद्धका क्रममा रुसका २० हजार जना सैनिकको मृत्यु भएको दाबी गरेका छन् ।

सो युद्धमा १९ हजारदेखि २० हजार जना रुसी सेनाको मृत्यु भएको जानकारी जेलेन्स्कीले सिएनएनलाई दिएका हुन् । तर, युद्धमा १३५१ जना रुसी सेनाको मृत्यु भएको तथ्यांक मस्कोसँग छ । त्यस्तै उक्त युद्धमा २५०० देखि तीन हजार जना युक्रेनी सैनिकको मृत्यु भएको राष्ट्रपति जेलेन्स्कीको भनाइ छ ।

यस्तै युद्धमा आफ्ना १० हजार सेना घाइते भएका जानकारी उनले सिएनएनलाई दिएका छन् । ‘करिब १०,००० जना घाइते भएका छन्, जीवित रहन्छन् भन्न गाह्रो छ ।’, उनले सिएनएनसँग भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्