एजेन्सी । रुसले बेलायती प्रधानमन्त्री बोरिस जोनसनलगायत उच्च अधिकारीलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
समाचार संस्था एएनआईका अनुसार रुसले बेलायती प्रधानमन्त्री, विदेशमन्त्री, रक्षामन्त्रीसहित १३ जना उच्च अधिकारीलाई रुस प्रवेशमा रोक लगाएको हो । रुसले बेलायतबाट आफ्नो देश विरुद्ध विभिन्न गलत गतिविधि भएको आरोपसमेत लगाएको छ । बेलायतले रुसबाट युक्रेनमाथि भइरहेको आक्रमणको विरोध गर्दै आएको छ । बेलायतले युक्रेनलाई सहयोगसमेत गर्दै आएको छ ।
युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोधमा विभिन्न देशले रुसी अधिकारीलाई देश निकाला गरिरहेका छन् । यहीबेला रुसले पनि बेलायतका उच्च अधिकारीलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो ।