Logo
Logo

६० लाखमा सुनको मुर्ती बेच्न खोज्ने चार जना पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाण्डौ, ११ असार
महानगरीय प्रहरी वृत्त बालाजुले नक्कली सुनको मुर्ती देखाई ठगी गर्न खोज्ने ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले बनस्थलीबाट तनहुँका मिन बहादुर कुमाल,बौद्ध बस्ने रामेछापका बसन्त श्रेष्ठ, सिनामंगल बस्ने दोलखाका रामराजा शिवाकोटी र भक्तपुर बस्ने महोत्तरीका अनिल बानियाँलाई पक्राउ गरेको छ ।

सुनको बुद्धको मुर्ती भनि देखाई ६० लाखमा किनबेचको लागी कुरा भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नक्कली सुनको मुर्ती सहित नियन्त्रणमा लिएको छ । धातुको मुर्तीमा सुनको जलप लगाएको मुर्तीलाई उनीहरुले गोरखा दरबारको १०० वर्षको पुरानो ८ केजी तौलको सुनको बुद्धको मुर्ती हो बजार मुल्य ४ करोड पर्छ भनि बुबाको उपचारको लागी मात्र ६० लाखमा बेच्च खोजेको भन्दै निजहरूले सर्वसाधरणलाई ठगी गर्दै हिडने गरेका थिए उनीहरुलाई नक्कली सुनको मुर्ती सहित नियन्त्रणमा लिई आबश्यक अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया दिनुहोस्