काठमाडौं । डिजिटल प्रविधिमा स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं भन्दै बैंकिङ सेवामा डिजिटाइजेसनलाई प्रवद्र्धनका लागि सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच आइतबार सहकार्य भएको छ ।
दुई बैंकबीच पोइन्ट अफ सेल (पीओइस) सेवाका लागि सहकार्य भएको छ । यससँगै लुम्बिनी विकास बैंकले कार्डमार्फत हुने डिजिटल भुक्तानी स्वीकार गर्न आफ्ना ग्राहक वर्गलाई पोइन्ट अफ सेल डिभाइस (पीओएस) उपलब्ध गराउन सक्नेछ भने सो कार्यका लागि प्राविधिक सेवा तथा कारोबारको सेटलमेन्ट सनराइज बैंकले प्रदान गर्नेछ ।
सम्झौतापत्रमा सनराइज बैंकका नायव महाप्रबन्धक रबिन नेपाल तथा लुम्बिनी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरेका छन् । सनराइज बैंकले १५९ एटिएम, १३९ शाखा, १३ एक्सटेन्सन काउण्टर, ९० शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।