Logo
Logo

भारतमा फेरि बढ्न थाल्यो कोरोना


3k
Shares

काठमाडौं । भारतमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । यो साता (अप्रिल (११—१७) अघिल्लो साताको तुलनामा कोरोना संक्रमण ३५ प्रतिशतले बढेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

भारतको राजधानी दिल्ली, उत्तर प्रदेश र हरियाणामा संक्रमण ह्वात्तै बढेको छ । अघिल्लो साता भारतमा ४९०० संक्रमित थपिएकोमा यो साता ६६१० संक्रमित थपिएका छन्। दिल्लीमा अघिल्लो साताभन्दा यसपालि १४५ प्रतिशतले संक्रमण वृद्धि भएपछि थप सावधानी अपनाइएको छ ।

दिल्लीका स्कुले विद्यार्थीहरूमा संक्रमण देखिन थालेपछि ती विद्यालयमा भौतिक पठन÷पाठन बन्द गर्नेबे छलफल हुँदैछ। दिल्लीमा पछिल्लो समय बढिरहेको कोरोनाको संक्रमणबारे बुधबार दिल्ली डिज्यास्टर म्यानेजमेन्ट अथोरिटीको बैठक बस्दैछ ।

भारतका अरू राज्यहरूमा भने कोरोनाको संक्रमण बढेको छैन। भारतमा अहिलेसम्म ४ करोड ३० लाख मानिसमा कोरोना संक्रमण भएको छ भने तीमध्ये पाँच लाख २१ हजारले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्