Logo
Logo

सशस्त्र प्रहरीका आइजिपीको नयाँ निर्णय


16.8k
Shares


काठमाडौं । तीन साताका लागि सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका पुष्पराम केसीले छोटो अवधिमा केही महत्वपूर्ण काम गर्ने प्रयास गरेका छन् । उनले संगठनमा केही नीतिगत सुधारका काम थालेका छन् ।


स्रोतका अनुसार सशस्त्रमा उनले अनुगमन सेल गठन गरेका छन् । मातहतका प्रहरी कार्यालयलाई चुस्त बनाउन उनले यस्तो सेल गठन गरेर सक्रियता बढाएका हुन् ।


त्यस्तै, एउटा संग्रालय पनि निर्माण गर्ने निर्णय उनले गरेका छन् । यस बाहेक पनि सुधारका अन्य केही निर्णय गरेको स्रोत बताउँछ ।


नियुक्त भएकै दिन उनले सशस्त्र प्रहरी संगठन चुस्त हुन नसकेको भन्दै निवर्तमान आइजिपी शैलेन्द्र खनालको आलोचना गरेका थिए । छोटो अवधि भएपनि आफुले केही गर्ने भन्दै उनले महत्वपूर्ण निर्णयहरु गरेका हुन् ।
१९ बैशाखपछि सशस्त्रको नेतृत्व राजु अर्यालले गर्ने पक्का भइसकेको छ । अर्याललाई आइतबार एआइजी बढुवामा सिफारिस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्