काठमाडौं । सशस्त्र प्रहरीमा रोकिएको बढुवा नयाँ आइजिपी आएलगत्तै अघि बढेको छ । शैलेन्द्र खनालको कार्यकालमा रोकिएको बढुवा पुष्पराम केसी आइजिपी भएलगत्तै अघि बढेको हो ।
सोमबारको बढुवा समितिले ५८ इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको छ । प्रशासनतर्फका ५६ र लेखाका दुई इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस भएका हुन् । डेढ महिनाअघि नै प्रकाशित सूचनाका आधारमा बढुवा भएको हो । बढुवा हुने धेरै १६ वर्षे अवधि पुगेका इन्सपेक्टर छन् ।
खनालसँग विवाद भएपछि गृह मन्त्रालयले बढुवा नै रोकेको थियो । केसीसँग कुरा मिलेपछि बढुवाको निर्णय गरिएको स्रोत बताउँछ । साथै डिएसपीको बाँकी पदमा पनि बढुवाका लागि सोमबार नै सूचना निकालिएको छ । जसमा सिंस ७ का इन्सपेक्टरहरु पर्नेछन् ।
बढुवा सूचीः