Logo
Logo

रुसद्वारा युक्रेनमा दोस्रो चरणको हमला


1.3k
Shares

एजेन्सी । पूर्वीयुक्रेनमा रुसी सेनाले ठूलो हमला गरेको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार दोनबासमा रुसी सेनाले अनुमान गरेभन्दा ठूलो हमला गरेको हो ।

उनले रुसी सेनाको डटेर प्रतिकार गर्ने बताए । दोनबासमा रुसले ठूलो संख्यामा सेनाहरू परिचालन गरेको छ । जेलेन्स्कीका प्रमुख सहयोगीका अनुसार दोनबासमा थालिएको हमला ‘दोस्रो चरणको युद्धको सुरुवात’ हो । युक्रेनको राष्ट्रपति कार्यालयका चिफ अफ स्टाफले पनि दोस्रो चरणको युद्ध सुरु भएको बताएका छन् । पूर्वी युक्रेनमा रुसले गरेको नयाँ आक्रमणलाई संकेत गर्दै उनले युक्रेनमा दोस्रो चरणको युद्ध भएको बताएका हुन् ।

यसअघि युक्रेनका शीर्ष सुरक्षा अधिकारीहरूले रसियाले सोमवार बिहान आफ्नो नयाँ आक्रमण सुरु गरेको बताएका थिए । चिफ अफ स्टाफ एन्ड्री यर्माकले भने, ‘हाम्रो सेनामा विश्वास गर्नुहोस् । यो धेरै बलियो छ ।’ उनले युक्रेनी सेनाले रुसी हमलाको प्रतिकार गर्नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्