मोरङ । विराटनगरमा सोमवार सम्पन्न स्टार्टअप एण्ड आइडिया फेष्ट– २०२२ मा NIBL Ace Capital Ltd. ले पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको उक्त कम्पनीले सो कार्यक्रममा पनि सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराएको छ ।
उक्त सेवामार्फत नवीनतम योजना र सोचहरुलाई व्यवासायिक पूर्णता दिने उद्देश्य कम्पनीले राखेको जनाएको छ । लिभिङ विथ आइसीटीले चैत १८ गतेदेखि सातै प्रदेशमा इ–बीमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट– २०२२ को आयोजना गरेको थियो । डिजिटल क्षेत्रमा क्रियाशील स्थानीय नवप्रवर्द्धकहरुलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
NIBL Ace Capital Ltd.ले संस्थागत परामर्श सेवामार्फत् व्यवसायिक योजना बनाउन (Business Plan), व्यवसायको सम्भाव्यता अध्ययन गर्ने (Market Assessment & Feasibility), पूँजी संकलन गर्ने (Equity Raising), ऋण संकलनमा वित्तीय संस्था र व्यवसायीबीच मध्यस्थता गर्ने (Debt Raising & Loan Syndications) र अन्य व्यावसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।