Logo
Logo

गोरखामा गठबन्धनभित्र किचलो, एमालेलाई फाइदा हुन सक्ने


4.4k
Shares

गोरखा । गोरखामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कारण सत्तारूढ पाँच दलीय गठबन्धन संकटमा परेको छ ।

माओवादी र कांग्रेसले जिल्लाका ११ स्थानीय तहमा नेतृत्व बाँडफाँट गर्दा आधा–आधा भाग लगाउनु पर्ने भन्दै जिल्ला संयन्त्रको बैठकमा प्रस्ताव गरेपछि जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धनबाट बाहिरिने तर्खर गरेको स्रोतको दाबी छ ।

त्यस्तै, अर्को महत्वपूर्ण शक्ति एकीकृत समाजवादीलाई बाइपास गर्न खोजेको आरोप छ । कांग्रेस र माओवादीले एकअर्काको अस्तित्व पनि नस्वीकार्ने अरु दललाई पनि नटेर्ने भएपछि समस्या उत्पन्न भएको हाे ।

गोरखामा गठबन्धन फुटेमा एमालेलाई फाइदा पुग्ने देखिन्छ । एमालेले गठबन्धन टुटाएर एकीकृत समाजवादी र अय साना दलसँग सहकार्य गर्ने तयारी गरेकाे छ ।

स्रोतका अनुसार एमालेबाट छुट्टिएको शक्ति समाजवादीसँग एमालेले तालमेल गर्न खोजेको छ । बाहिर सबैले गठबन्धन गर्नु पर्छ माथिको सर्कुलर छ भने पनि भित्र-भित्र चलखेल भईरहेको बताइन्छ ।

अघिल्लो चुनावमा नौ वटा पालिका जितेकाले अहिले पनि ती पालिका कांग्रेस गुमाउन चाहँदैन । गोरखा जिल्ला आफ्नो लालकिल्ला दाबी गर्ने माओवादी पनि बराबरी सिटको दाबी गरिरहेको छ । जसपाका संस्थापक नेता बाबुराम भट्टराईको जिल्ला भएकाले उचित सम्बोधनको ‘दह्रो दाबी’ जसपाले पनि गरिरहेको छ । एकीकृत समाजवादीले पनि आफ्नो दावी छोड्ने सम्भावना छैन् ।

जिल्लाका १२ प्रमुख उपप्रमुख (जिल्ला समन्वय समिति) सहित कुनै पनि तहमा नेतृत्व नपाएमा गठबन्धनमा नबस्ने जसपाले चेतावनी दिएको छ ।

माओवादीले गठबन्धनको बैठकमा गठबन्धनका अन्य दलसंग जिल्लामा खासै पार्टी, संगठनको चामसमेत नभएकाले नेतृत्व दिन नसक्ने भनेपछि जसपाका जिल्ला तहका नेता गठबन्धनमा बाहिरिने तयारी गरेका छन् ।

स्रोतका अनुसार जसपाले जिल्लाको धार्चे, सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिका मागेको छ । योसंगै (अन्य पालिकामा सम्मानजनक सिट वडाअध्यक्षसहित सदस्य) पाउनु पर्ने माग गठबन्धनको बैठकमा राखेको छ । गठबन्धन बैठकमा सहभागि एक नेताका अनुसार जसपालाई कुनै पनि स्थानीय तहको नेतृत्व दिन नसक्ने माओवादीले प्रस्ताव राखेको थियो । यो प्रस्तावमा कांग्रेसले अस्विकार गरेको दावी छ ।

कांग्रेसले आफुले जितेको नौं स्थानीय तह र जिसस पूरै छोड्न तयार छैन । कांग्रेसका अनुसार गठबन्धनमा संग्लन दललाई केहि स्थानीय तह छोड्ने सक्ने संकेत त गरेको छ । तर, पूरै छोड्न सक्ने अवस्थामा छैन । कांग्रेस भित्रसमेत एक्ला एक्लै निर्वाचनमा जानु पर्ने र एघार वटै स्थानीय तह जित्न सक्ने पालिका पार्टीको रिर्पोटिङसंगै गठबन्धनको बैठकमा कांग्रेस नरम भएर प्रस्तुत हुने गरेको छ ।

गोरखा नगरपालिकामा बलियो संगठन भएको एकीकृत समाजवादी पनि गोरखा नगरपालिका र थप अर्को तहको प्रमुखमा दावी गर्ने चर्चा चलिरहेको छ ।

गोरखाको कम्युनिस्ट आन्दोलमा अग्रणी भुमिका खेलेका समाजवादी गोरखाका अध्यक्ष यादव बहदुर बस्नेतलाई नै गोरखा नगरको प्रमुख उठन् दबाब छ ।

स्रोतका अनुसार गोरखामा गठबन्धमा सबैले सम्मानजनक स्थान नपाएमा वा गठबन्ध तलमाथि भयो भने एमालेसँग तालमेल हुन सक्ने सबैदलको चर्चा छ । एमाले र एकीकृत समाजवादी मिलेमा अधिकांश स्थानमा विजय हासिल गर्ने एक नेताले बताए । ती नेताका अनुसार केन्द्रको असन्तुष्टिकाबीच उम्मेदवारी टुंग्याएमा अन्र्तघात हुन सक्ने सम्भावना बढि छ ।

तालमेलको विषयमा समाजवादीका अध्यक्ष यादव बहादुर बस्नेतलाई बुझ्दा तल्लो तहमा एमालेबाट तालमेलको कुरा आएको बताए । उनले भने, ‘तर केन्द्रले जे निर्देशन गरेको छ, हामी त्यसमै प्रतिवद्ध भएर लाग्छौं । एमाले र एकीकृत समाजवादीका गोरखाका कार्यकर्तामा भने एकदमै राम्रो सौहाद्रपूर्ण सम्बन्ध छ । एमाले र समाजवादी मिल्नु पर्छ भन्ने कार्यकर्ताको भावाना छ ।’ गोरखामा अन्य जिल्लाको जस्तो तिक्ततापूर्ण बताताबरण नभएको भनेबताए ।

प्रतिक्रिया दिनुहोस्