Logo
Logo

एक्सनमा अख्तियार, मन्त्रालयका सचिवलाई नै भ्रष्टाचार मुद्दा


208.5k
Shares


काठमाडौं । अख्तियार दुरुप्योग अनुसन्धान आयोगले उच्च पदस्थ व्यक्ति विरुद्ध पनि छानबिन र कारबाही थालेको छ । प्रदेशको मन्त्रालयका सचिवलाई नै आयोगले मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


लुम्बिनी प्रदेशको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिवसहित तीन कर्मचारीविरुद्ध आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रदेशबाट सञ्चालन गरिएको कृषि यान्त्रिकरण कार्यक्रममा मिनि टिलरका खरिदमा भ्रष्टाचार भएको हो । खरिदमा झुट्ठा बिल भरपाई बनाई, दोहोरो बिलको भुक्तानी लिने–दिने कार्य गरेको, त्यसैगरी सम्झौता अनुसारको इन्जिन क्षमताको मिनि टिलर खरिद नगरी कम इन्जिन क्षमताको मिनिटिलर खरिद गर्ने गराउने कार्य गरी प्रदेश सरकारलाई गैरकानूनी हानि पु¥याएको पुष्टि भएपछि आयोगले प्रदेश सचिव बैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र कृषि प्रसार अधिकृत मुकेश राम्जालीविरुद्ध मुद्दा दायर गरेको हो । ४३ लाख ३७ हजार पाँच सय बिगो कायम गरी उनीहरुविरुद्ध मुद्दा दायर भएको हो । यो भ्रष्टाचार शंकर पोखरेल मुख्यमन्त्री हुँदा भएको हो ।सचिव अधिकारी अहिले पनि लुम्बिनी प्रदेशको कृषि मन्त्रालयकै सचिवका रुपमा कार्यरत थिए ।


साथै, आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारीले गलत÷झुट्ठा बिल भरपाई बनाई ७ वटा मिनिटिलरको रु.६,२२,५००।–बढी भुक्तानी लिएको र सम्झौतापत्रमा उल्लेख भए बमोजिम वितरण गर्नुपर्ने यन्त्र उपकरण नदिई कम गुणस्तरको मिनि टिलर दिएको आधारमा आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारीबाट बिगो जफत गर्ने समेतको मागदाबी लिई मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्