काठमाडौं । सशस्त्र प्रहरी बलका सात एसपीको कामु एसएसपीमा बढुवा गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बैशाख ७ गते आयोजित विशेष समारोहकाबीच सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी. ले सशस्त्र प्रहरी उपरीक्षक पदबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका ७ जना बरिष्ठ अधिकृतहरुलाई दज्र्यान्ही चिन्ह लगाइीदएका छन् ।
त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले पदोन्नती भएका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुलाई हार्दिक बधाई दिनुकासाथै संगठनमा रहेर आफ्नो नियुक्तिका क्षेत्रहरुमा ईमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गरी शान्ति सुरक्षा तथा सेवा प्रवाहमा पु¥याएको योगदानको कदर स्वरुप पदोन्नती प्राप्तभएको उल्लेख गर्दै दर्जासँगै प्राप्तभएको जिम्मेवारी निर्वाहमा अझ बढि क्रियाशिल रहँदै कार्यसम्पादनमा जुट्न निर्देशन दिए ।
पदोन्नती बृद्धि विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै कमाण्डर तहका अधिकृतहरुले मातहतका कर्मचारीहरुलाई समेत फौजी
अनुशासनमा राख्दै उच्च मनोबल प्रदान गरी स्तरीय ढंगले परिचालित गर्दै राष्ट्रको सुरक्षा, आम नागरिकको सेवा, सीमा सुरक्षा, लगायत राज्यप्रदत्त विविध जिम्मेवारीका कृयाशिल भई नतिजामूलक कार्यसम्पादनमा जुट्न निर्देशन दिएका छन् । गृहमन्त्री स्तरको बैशाख ६ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा प्राविधिक समूह स्वास्थ्यतर्फ डा. मिना कुँवर जोशी र डा. सुरेन्द्रमान श्रेष्ठ, सशस्त्र प्रहरी सेवा प्राविधिक समूह संचार तथा ईन्जिनियरिङ्गतर्फ ई. प्रमोद कुमार साह त्यसैगरी सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमुहतर्फ उद्धव बहादुर न्यौपाने, राजेन्द्र खड्का र नरेन्द्र सेन तथा सशस्त्र प्रहरी सेवा, साधारण समुह, कानून उपसमुहतर्फ युवराज अर्याल कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा मुकर्रर भएका हुन् । एसएसपीमा रिक्त पदमा बढुवा हुन चार वर्ष पदावधि नपुगेपछि उनीहरुलाई कामुको जिम्मेवारी दिइएको हो ।