Logo
Logo

गुप्तचरमा नयाँ प्रमुख चयनकाे तयारी


15.2k
Shares


काठमाडौं । नेपाल प्रहरीसँगै राष्ट्रिय अनुसन्धान विभागमा पनि नयाँ नेतृत्वका लागि यतीबेला चर्काे प्रतिस्पर्धा छ । हालका एआइजी यादव रेग्मीले ११ बैशाखमा अवकाश पाउने भएपछि उनको पदमा बढुवा लागि डिआइजीबीच दौडधुप छ । हाल जो एआइजी हुन्छ भदौमा उही प्रमुख हुने भएकाले प्रतिस्पर्धा अस्वस्थ बन्न पुगेको छ ।


एआइजीमा बढुवाका लागि डिआइजीहरू हुतराज थापा, टेकेन्द्र कार्की, हरिहर पौडेल, ओम जोशी, कुलदिप थापा, सुमन बैद्य, सुनिल ढकाल लगायत प्रतिस्पर्धामा छन् । डिआइजी जोशी आफु सुदुरपश्चिमको भएकाले आफुलाई नै बनाउनुपर्ने भन्दै दैनिक जसो सुदुरपश्चिमका नेताहरुलाई भेटेर लबिङ गर्दै आएका छन् । तर, कार्यक्षमतामा उनी कमजोर मानिन्छन् ।
हालका गुप्तचर प्रमुख यदुलाल खरेलले भदौको अन्तिममा अवकाश पाउनेछन् । त्यो अवस्थामा अहिलेको पाँच डिआइजीमध्ये एक प्रमुख हुनेछन् । गुप्तचरमा एआइजीको एक दरबन्दी थप्ने चलखेल भएपनि निर्वाचन आचारसंहिता लागिसकेकाले एक मात्र बढुवा हुने भएका छन् । गुप्तचरी निकायको बढुवामा अत्याधिक राजनीतिकरण हुने भएकाले संस्था कमजोर बन्दै गइरहेको छ । हाल विभाग प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष मातहतमा छ ।

प्रतिक्रिया दिनुहोस्