काठमाडौं । नेपाली फिल्म क्षेत्रमा पाइला टेक्दै गर्दा उनी बुनु केसीका रुपमा पनि चिनिन्थिन् । जब फिल्ममा छाउन थालिन्, त्यसपछि करिश्मा केसी हुँदै मानन्धरका रुपमा चर्चित भइन् । उनै करिश्माले अहिले सूर्यकुमारी भएकी छन् ।
हालै नेकपा एमालेमा प्रवेश गरेसँगै करिश्माले आफ्नो न्वारानाको नाम सूर्यकुमारी भएको खुलाएकी थिइन् । अभिनेत्री करिश्माले आफ्नो आधिकारिक नाम सूर्यकुमारी अहिले सामाजिक सञ्जालमा समेत राखेकी छन् ।
एमाले प्रवेश गरेपछि उनले पार्टी चिह्नसँग नाम मिलेको प्रसंग निकालेकी थिइन् । यसपछि सामाजिक सञ्जालहरूमा उनको निकै चर्चा भएको थियो ।
अहिले आएर उनले आफ्नो फेसबुकको नाम करिश्मा मानन्धरसँगै ब्राकेटमा सूर्य कुमारी लेखेकी छन् । विनोद मानन्धरसँग विवाह गर्नुअघिसम्म भने उनी करिश्मा भन्दा पनि बुनु केसीका रुपमा चिनिएकी थिइन् ।