Logo
Logo

आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न


693
Shares

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २४औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । वार्षिक साधारण सभा शुक्रवार काठमाडौंमा सम्पन्न भएको हो ।

सभामा अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ-नयाँ सेवाहरू सहित छुट्टै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए ।

सभामा अध्यक्ष ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ तथा ठूला अर्थतन्त्र भएका मुलुकहरूबीचमा देखिएको प्रतिस्पर्धाका कारण विश्व अर्थतन्त्रमा परिरहेको असरबाट नेपाल पनि अछुतो रहन नसकेको बताए ।

उनले सन् २०२२ मा नेपालको आर्थिक वृद्धि दर ४ प्रतिशत भन्दा पनि कम रहने प्रक्षेपण विश्व बैंकले गरेको, बढ्दो आयातका कारण नेपालको व्यापार घाटा चुलिँदो छ भने विदेशी मुद्रा सञ्चिती घट्दो अवस्थामा रहेको समेत जानकारी गराए ।

सभामा अध्यक्ष ढकालले कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७÷०७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको जानकारी दिए ।

कम्पनीले समीक्षा वर्षमा काठमाडौं महानगरपालिका वडा न. ३ पानीपोखरीमा मूल सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरेको थियो ।

चालु आर्थिक वर्षमा उक्त जग्गामा कम्पनीको प्रधान कार्यालयको प्रयोजनको लागि करिब ६० हजार वर्गफिटको ९ तल्लाको भव्य भवन निर्माण गर्न नक्शा तयार गरी निर्माण कार्य अगाडि बढाइसकेको व्यहोरा सहर्ष जानकारी गराए ।

कम्पनीको व्यावसायमा भएको विस्तार सँगै जोखिम धारण क्षमतामा समेत बृद्धिको लागि र नियमनकारी निकायबाट समेत चुक्ता पूँजी २.५० अरब पुयाउन समयसीमा समेत तोकिदिएको हुनाले निर्देशन बमोजिम पूँजी योजना बीमा समिति समक्ष पेश गरिसकिएको जानकारी दिंदै हालको चुक्ता पूँजीको ७ प्रतिशतको दरले बोनस शेयर प्रदान गर्ने प्रस्ताव कम्पनीको २४ औँ साधारण सभाबाट पारित भएको हुनाले उल्लेखित बोनस शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पूँजी १ अरब ७० करोड १६ लाख ५१ हजार ४ सय २० पुग्ने व्यहोरा जानकारी गराए ।

कम्पनीले २४ औँ साधारण सभा समक्ष पेश गरेको सबै साधारण तथा विशेष प्रस्तावहरू सभाले स्वीकृत गरेकोमा सबै शेयरधनीहरूलाई धन्यवाद व्यक्त गरे ।

त्यसै गरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले ग्राहक, लगानीकर्ता, नियमनकारी निकायहरू र कर्मचारी साथीहरूको टिमको सहयोगबाट आज बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भईरहेको जानकारी गराए ।

कम्पनीले आ।व। २०७६÷७७ मा १ अरब ३९ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा समीक्षा वर्षमा १ अरब ५२ करोड २१ लाख बीमा शुल्क आर्जन गरी गत वर्षको दाँजोमा ९ प्रतिशतले बीमा शुल्क वृद्धि भएको जानकारी गराए भने चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा कम्पनीले कूल १ अरब २८ करोड ६१ लाख बीमा शुल्क आर्जन गरिसकेको पनि सभालाई जानकारी गराए ।

श्रेष्ठले नियमनकारी निकायको निर्देशन तथा राष्ट्रिय महत्वको बिषय रहेको लघु बीमा, कृषि तथा पशु बीमा लगायत स्वस्थ्य बीमालाई अगाडी बढाउँदै बीमा सेवालाई जनस्तरसम्म पुर्‍याउनको लागि ७ वटै प्रदेशहरूमा शाखा विस्तार गरेको पनि जानकारी गराए ।

कम्पनीले हालसम्म प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै कम्पनीको नीति नियम र विनियमहरू, आन्तरिक लेखा परीक्षण लगायत बीमा समितिबाट समय समयमा प्राप्त निर्देशनहरूको पालना गर्दै आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउँदै कम्पनीसँग भएको साधन र स्रोतको उच्चतम परिचालन गरी सबै शाखा तथा प्रधान कार्यालयबाट सहज सेवा प्रदान गर्ने गरी सूचना तथा संचाारमा विशेष ध्यान दिंदै डिजिटलमा विषेश ध्यान दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्