Logo
Logo

चार जना डिआइजीमा बढुवा, प्रदेशमा खटाउने तयारी


27.8k
Shares


काठमाडौं । नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा भएको छ । सिफारिस उपर उजुरी नपरेपछि गृह मन्त्रालयले बिहीबार बढुवा गरेको हो । उनीहरुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार दज्र्यान्ही चिन्ह लगाएका छन् ।


नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी र मसाउद आलम खाँलाई प्रहरी महानिरीक्षक क्षेत्रीले दज्र्यानी चिन्ह सुशोधन गरेका छन् । बढुवा भएका डिआइजीको पदस्थापन भने भएको छैन । उनीहरुलाई प्रदेश इन्चार्जमा पठाउने सम्भावना रहेको स्रोत बताउँछ ।


हाल सातमध्ये पाँच प्रदेशका डिआइजीले अवकाश पाउँदैछन् । त्यसकारण बढुवा लगत्तै उनीहरुले प्रदेश इन्चार्ज पाउने सम्भावना छ । अन्य डिआइजीहरु उत्तम सुवेदी, मुकुन्द आचार्य र पूजा सिंह पनि प्रदेशमा जाने सम्भावना छ । मधेस प्रदेशका उमेश रञ्जितकार, बागमतीका प्रकाजंश कार्की, लुम्बिनीका प्रकाश अधिकारी, कर्णालीका गणेश ऐर तथा सुदुरपश्चिमका पुरुषोत्तम कँडेलले १८ बैशाखदेखि अवकाश पाउँदैछन् ।

पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूलाई बधाई दिँदै महानिरीक्षक क्षेत्रीले पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व संगठनको श्रीवृद्धिको लागि निर्वाह गर्नुपर्ने बताए । आगामी निर्वाचन भयरहित, निष्पक्ष र विधिवत तवरले सम्पन्न गर्न आफू मातहत प्रहरी कर्मचारीको नेतृत्व गर्न पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूलाई उनले निर्देशन दिएका छन् ।
उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले संगठनमा आवद्ध सदस्यहरू मार्फत भाइचारा र सहयोगात्मक भावनालाई बढाउँदै संगठनको श्रीवृद्धिका लागि सदैव क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्