काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच डिआइजीको सरुवा गरी चार डिआइजीको पदस्थापन गरेको छ । जसमा चार प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् ।
गृह मन्त्रालयको को निर्णयअनुसार बागमती प्रदेशमा पूजा सिंह, मधेस प्रदेशमा मसाउद आलम खाँ, लुम्बिनी प्रदेशमा नल प्रसाद उपाध्याय तथा सुदुरपश्चिम प्रदेशमा मोहन कुमार आचार्यलाई पठाइको छ । सिंहबाहेक सबै बिहीबार मात्र डिआइजीमा बढुवा भएका हुन् ।
बागमतीका प्रकाशजंग कार्की, मधेस प्रदेशका उमेश रंञ्जितकार, लुम्बिनीका प्रकाश अधिकारीको प्रहरी प्रधान कार्यालयमा कार्ज फिर्ता तथा सुदुरपश्चिमका पुरुषोत्तम कँडेलको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा सरुवा भएको छ । उनीहरु चारै जनाले १८ बैशाखमा अवकाश पाउने भएकाले सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशका डिआजी गणेश ऐरले पनि १८ बैशाखमा अवकाश पाउने भएपनि उनको सरुवा गरिएको छैन ।
त्यस्तै बिहीबार बढुवा भएका अर्का डिआइजी राजेन्द्र कुमार चौधरीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ । उनले पनि १८ बैशाखमा अवकाश पाउँदैछन् ।