Logo
Logo

कंगोमा इबोला भाइरसबाट एक जनाको मृत्यु


504
Shares

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला भाइरसको संक्रमण पुष्टि भएको छ ।

कंगोको इक्वेटर प्रान्त मबान्डा क्षेत्रमा इबोला भाइरसबाट एक जनाको मृत्यु भएको र उनमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्री जिनले विज्ञप्तिमार्फत जानकारी दिए । त्यहाँ अहिलेसम्म एउटा मात्रै केस पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । मृत्यु हुनेमा ३१ वर्षका पुरुष रहेका सीएनएनले जनाएको छ ।

इबोला संक्रमण भएका बिरामीको सम्पर्कमा आएका जो कोहीलाई पनि पहिचान गरी निगरानीमा राखिनेछ । सन् २०१८ यता कंगोको इक्वेटर प्रान्तमा यो तेस्रो प्रकोप हो ।

प्रतिक्रिया दिनुहोस्