Logo
Logo

भारतले रद्द गर्यो चिनियाँको पर्यटक भिसा


1.3k
Shares

एजेन्सी । भारतले चिनियाँ नागरिकको पर्यटक भिसा रद्द गरेको छ । अंग्रेजी पत्रिका द टाइम्स अफ इन्डियामा छापिएको एक रिपोर्टअनुसार अन्तर्राष्ट्रिय एयरलाइन्स संस्था आइएटीएले भारतको तर्फबाट चीनका नागरिकलाई जारी गरेको पर्यटक भिसा अब मान्य नभएको बताएको छ ।

यद्यपि, सरकारका शीर्ष अधिकारीले भारत अहिले पनि चिनियाँ नागरिकलाई व्यापार, रोजगार, कूटनीतिक र आधिकारिक भिसा दिइरहेको जनाएका छन् । चिनियाँ पर्यटकलाई भिसा नदिने भारतको निर्णय पनि चीनले कोभिडका कारण चीन छोडेर २० हजारभन्दा बढी भारतीय विद्यार्थीलाई चीन फर्कन नदिएको चीनको कदमपछि आएको पत्रिकाले लेखेको छ । चीनले थाइल्याण्ड, पाकिस्तान र श्रीलंकाका विद्यार्थीलाई फिर्ता गर्न अनुमति दिएको छ तर, भारतीय विद्यार्थीलाई वेटिङमा राखेको छ । विदेशमन्त्री एय जयशंकरले पछिल्लो महिना चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका बेला यो मुद्दा उठाएका थिए तर, बेइजिङले अहिलेसम्म यसले जवाफ दिएको छैन । पत्रिका लेख्छ, ‘यूके र क्यानडा ती देशमध्ये हुन् जसका नागरिक ई–पर्यटक भिसामा भारत जान सक्दैनन् तर, ती देशहरुमा भारतीय नियोगहरुले जारी गरेको नियमित कागजी भिसामा भारत आउन सक्छन् ।’

जापान र अमेरिकाका नागरिकलाई जारी गरिएको भिसा बाहेक १० वर्षको वैधता हुने भारतीय पर्यटक भिसा पनि अब मान्य छैन । आइएटीए नियमित रुपमा अपडेट जारी गर्दछ ताकि एयरलाइन्सहरुले कुन देशका नागरिकहरुलाई कुन भिसामा उडान गर्न अनुमति दिइन्छ भनेर थाहा पाउन सकियोस् । अप्रिल १९ मा जारी गरिएको नयाँ आइएटीए अपडेट भारतमा केन्द्रित छ । यो ती देशहरूको बारेमा हो जसका नागरिकहरूले ई–टुरिस्ट भिसामा भारत जान सक्दैनन् । दुई वर्षभन्दा बढीको अन्तरालपछि भारतले मार्च २७ मा १५६ देशका लागि विद्युतीय पर्यटक भिसा सुविधा पुनस्र्थापित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्