एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको दुई महिना पूरा भएको छ ।
गएको फेब्रुअरी २४ देखि सुरु भएको आक्रमण हिजो (अप्रिल २४) देखि तेस्रो महिनामा प्रवेश गर्यो । तर, तत्काल युद्ध रोकिने छाँटकाँट देखिएको छैन । रुस र युक्रेनका अधिकारीबीच पटक–पटक वार्ता भए पनि विफल हुँदै आएका छन् । रुसको आक्रमणका कारण भएको क्षतिको यकिन विवरण प्राप्त नभए पनि हजारौँको मृत्यु भएको, लाखौँ विस्थापित भएका र कैयौँ संरचना ध्वस्त भएका बीबीसीमा उल्लेख छ ।
रुसले युक्रेनको मरिओपोल सहरमा एउटा स्टिल कारखानाबाहेक सबै क्षेत्र कब्जा गरेको छ ।