Logo
Logo

भन्सारका नासुसँग चार करोडको सम्पत्ति


6.7k
Shares


काठमाडौं । भन्सारका एक नासुसहित करिब चार करोडको सम्पत्ति भेटिएको छ । नासु देवी बहादुर थापासँग अकुत सम्पत्ति भेटिएको हो ।


उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बिशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीसँग तीन करोड ८९ लाख ४५ हजार हजार सम्पत्ति रहेको र त्यसमध्ये एक करोड ८७ लाख ४७ हजारको स्रोत खुल्न नसकेपछि सो सम्पत्ति जफतको माग गरी मुद्दा दायर भएको हो ।
नासु थापा भन्सार कार्यालय, विमानस्थलमा काम गरेका थिए । २०५६ सालमा विचारी पदमा भर्ना भई उनले लामो समय भन्सारमा काम गरी अकुत सम्पत्ति आर्जन गरेका थिए ।

उनका बुबा कृष्णबहादुर थाापा, आमा चन्द्र माया थापा र श्रीमती बिमसा राउतलाई समेत प्रतिवादी बनाई उनीहरुको सम्पत्ति जफतको माग गरी मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्