Logo
Logo

हाईभोल्टेज तारमा रथ ठोक्किँदा १० जनाको मृत्यु


3.4k
Shares

काठमाडौं । तमिलनाडुको तञ्जावुरमा एउटा मन्दिरको रथयात्राका क्रममा हाईभोल्टेजको तारमा ठोक्किएर कम्तीमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।

तिरुचिरापल्ली सेन्ट्रल जोन आईजी वी बालाकृष्णनले समाचार एजेन्सी एएनआईलाई दुर्घटनामा अन्य १५ जना घाइते भएको जानकारी दिएका छन् । ‘वार्षिक पर्वको समयमा उच्च भोल्टेजको तारमा रथमा ठोक्किएर दुर्घटना भएको हो,’ उनले भने ।

तञ्जावुरको कालिमेदुको मन्दिरमा ९४औँ माथिल्लो गुरुपूजा पर्व मनाइँदैछ । त्यसमा सहभागी हुन मंगलबार रातिदेखि मानिसको भीड लाग्न थालेको थियो । रथयात्रा टर्निङ प्वाइन्टबाट गुज्रिरहेको बेला रथमा उभिरहेका मानिसहरू हाई भोल्टेजको तारको चपेटामा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्