Logo
Logo

माछापुच्छ्रे बैंकका ग्राहकले ओकिनावा स्कुटर शून्य प्रतिशत ब्याजमा पाउने


252
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले विद्युतीय सवारीसाधानको प्रयोगलाई प्राथामिकता दिँदै आफ्ना ग्राहकका लागि ओकिनावा ब्रान्डको इलेक्ट्रोनिक स्कुटर शून्य प्रतिशत ब्याजमा पाउने व्यवस्था गरेको छ । माछापुच्छ्रे बैंकले बिएचसी इन्टरनेशनल प्रालिसँग सम्झौता गरी बैंकको इन्स्टापे सुविधामार्फत शून्य प्रतिशत ब्याजमा पाउने ब्यवस्था गरेको हो ।

उक्त सम्झौतापत्रमा बिएचसी इन्टरनेशनल प्रालिको तर्फबाट प्रबन्धक निर्देशक हासिम अन्सारी तथा बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत डिल्लीराम गिरीले हस्ताक्षर गरेका थिए । पेट्रोलियम पदार्थको खपत बढिरहेको र आयात कम भइरहेको अहिलेको परिवेशमा विद्युतीय सवारीसाधानको प्रयोगमा जोड दिने उद्देश्य एवं वतावरण संरक्षणमा टेवा पु¥याउने उद्देश्यका साथ बैंकले उक्त सुविधा सञ्चालनमा ल्याएको हो ।

बिएचसी इन्टरनेशनलसँगको सम्झौतापछि बैंकका ग्राहकहरुले ६ देखि १८ महिनासम्मका लागि शून्य प्रतिशत इएमआइमा इन्स्टापेमार्फत स्कुटर खरिद गर्न सक्नेछन् । बैंकको क्रेडिट कार्ड नभएका ग्राहकले अनलाइनमार्फत कार्डको लागि आवेदन दिन सक्नेछन् । हाललाई यो सुविधा बिएचसी इन्टरनेशनलको नेपालस्थित सबै शोरुममार्फत प्रदान गरिने जनाएको छ ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी ग्राहकलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ । बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६४ बटा शाखा र १६५ शाखारहित बैकिङ सेवा, आठ एक्सटेन्सन काउण्टरसमेत गरी जम्मा ३३७ स्थानबाट १३ लाखभन्दा बढी ग्राहक महानुभावमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै बैंकको देशभर २०५ बटा एटिएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्