Logo
Logo

युक्रेनको खेरसोन कब्जा गरेको दाबी गर्दै रुसले भन्यो- अब यो सहरमा रुसी मुद्रा चल्छ


3k
Shares

काठमाडौं । रुसले दक्षिणी युक्रेनको खेरसोन शहर कब्जा गरेको दाबी गर्दै अब त्यस सहरमा रुसी मुद्रा चल्ने जनाएको छ । उक्त सहरमा यही मे १ देखि रुसी मुद्रा रुबलको प्रयोग गर्न थालिने रुसको भनाइ छ ।

रुसको आधिकारिक मिडिया रिया नोवोस्तीलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय मिडियाले १ मेदेखि युक्रेनको यो खेरसोनमा रुबलमा लेनदेन सुरु हुने उल्लेख गरेका छन् ।

उक्त क्षेत्रका मिलिट्री–सिभिल एडमिनिस्ट्रेशनका उपाध्यक्ष किरिल स्टिमोसोवले रिया नोवोस्तीसँगको कुराकानीमा संक्रमणकाल चार महिनासम्म रहने बताएका छन् । यतिबेला रुसको रुबल र युक्रेनको मुद्रा हर्विनियामा कारोबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्