काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकामा ‘यौन दुराचार’को आरोप लागेका केशव स्थापितलाई मेयर पदको उम्मेदवार बनाएको छ ।
एमालेले यौन दुराचारीलाई उम्मेदवार बनाएको भन्दै ‘यौन दुराचारी एमाले उम्मेदवारलाई भोट हाल्न हात काम्दैन ?’ भन्दै सामाजिक संजालमा प्रश्न गर्नेको संख्या बढिरहेका छन् ।
यसअघि काठमाडौं महानगरपालिकाको मेयर हुँदा स्थापितले महानगरकै कर्मचारी रश्मिला प्रजापतिलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो ।
सन २०१८ मा ‘मि टु अभियान’ चलेको बेला रश्मिलाले आफूलाई स्थापितले घुम्न जाने र आफूसँग ‘क्वालिटी टाइम’ बिताउन प्रस्ताव गरेको र प्रस्ताव अस्वीकार गर्दा जागिरबाट निकालिएको गम्भीर आरोप लगाएकी थिइन् । त्यसैगरी, संचारकर्मी उज्वला महर्जनले पनि स्थापितले यौन दुव्र्यवहार गरेको आरोप लगाएका थिए ।
पीडितले सार्वजनिक रुपमै आफूलाई दुव्र्यवहार भएको भनिरहेका बेला स्थापितलाई एमालेले मेयरको उम्मेदवार बनाएर पुरस्कृत गरेको भन्दै एमालेभित्रै व्यापक विरोध भइरहेको छ ।
स्थापितलाई चोरको संज्ञा दिँदै एलिजा ढकाल ट्वीट गर्छन्- ‘पार्टीले उठायो भन्दैमा ‘यौन दुराचारी’ चोरलाई कसैले भोट हाल्छ ? जनतालाई विवेकहीन सोचेको छ क्या हो एमालेले ! कम्तिमा पार्टीको मान्छेलाई नि भोट हाल्नु मन लागोस् न उम्मेदवार देखेर ।’
पार्टीले उठायो भन्दैमा यौन दुराचारी, चोरलाई कसैले भोट हाल्छ ? जनतालाई विवेकहीन सोचेको छ क्या हो एमालेले ! कम्तीमा अर्को पार्टीको मान्छेलाई नि भोट हाल्न मन लागोस् न उम्मेदवार देखेरै।
— एलिजा ढकाल…✍️ (@Alive_Aleeza) April 24, 2022
त्यस्तै, भोजबहादुर बलयार लेख्छन्– ‘विश्वका अरु देशमा भए विवादित र गैरक्रियाकलापमा संलग्न व्यक्ति जेलमा हुन्थे तर के गर्नु हाम्रो देशमा म विवादित हुँ भन्दै छाती पिटिरहेका व्यक्ति हुने रे ? नैतिकता र संस्कार मरेको देशमा गलतकै हावी । राम जाने !’
बिश्वका अरु देशमा भए बिवादित र गैर क्रियाकलापमा संलग्न ब्यक्ती जेलमा हुन्थे तर के गर्ने हाम्रो देशमा म विवादित हुँ भन्दै छाती पिटिरहेका ब्यक्ती नगरपिता हुने रे ? नैतिकता र संस्कार मरेको देशमा गलत कै हावी | राम जाने |
— Bhoj Bahadur Balayar (@balayarab) April 25, 2022
‘स्थापित जस्ता दानवका कारण समाजमा कतिले जिन्दगीभर मानसिक आघातमा बाँच्न बाध्य हुने ?’ भन्दै शिक्षा रिसाल ट्वीटरमा प्रश्न गर्छन्– ‘मान्छे यतिसम्म नि घिनलाग्ने हुन सक्छन् । आरोप लागेका यौन दुराचारीहरुको यस्तो रवाफ छ । मजाक बनाएर हाँसेको छ । यस्तै जगजगी छ । यस्तै दानवहरुका करण कति जिन्दगीभर मानसिक आघातमा बाँच्न बाध्य हुन्छन् । तर, यस्ता कुराको यो दुनियाँलाई के मतलव ? दिनुस् भोट !’
मान्छे यति सम्म नि घिन लाग्ने हुन सक्छन् । आरोप लागेका यौन दुराचारी हरुको यस्तो रवाफ छ । मजाक बनाएर हासेको छ । यस्तैको जगजगी छ । यस्तै दानव हरुका कारण कति जिन्दगीभर मानसिक आघातमा बाँच्न बाध्य हुन्छन् तर त्यस्ता कुराको यो दुनियाँलाई के मतलब ? दिनुस् भोट । 🙏🙏 https://t.co/L6Hn1C9ClZ
— Shiksha Risal (@RisalShiksha) April 25, 2022
अमुक दलले यौन दुराचारीलाई ‘बोनस’मा मेयर पद दिएको भन्दै ट्वीटर प्रयोगकर्ता बाबाजी लेख्छन– ‘यतिबेला म मेरो ती सहपाठीलाई सम्झिँदैछु । जसले, काठमाडौंको मेयर पदका विकासप्रेमी भनेर प्रचारित एकजना उम्मेदवारले गरेको यौन उत्पीडनबारे खुलेर बोल्ने आँट गरिन्, तर अमुक दलले उनलाई ‘बोनस’मा मेयर पदको टिकट दियो । यो देश झन् उँभो लाग्दैछ, पत्याइराछु ! के नेतृत्वमा भ्याकुम भएकै हो त ?’
यतिबेला म मेरो ती सहपाठीलाई सम्झिँदैछु जसले काठमाडौंको मेयर पदका विकासप्रेमी भनेर प्रचारित एकजना उमेदवारले गरेको यौन उत्पिडन बारे खुलेर बोल्ने आँट गरिन् तर अमुक दलले उनलाई ‘बोनस’मा मेयर पदको टिकट दियो । यो देश झन् झन् उँभो लाग्दैछ, पत्याइराछु ! के नेतृत्वमा भ्याकुम भएकै हो त? 🤔
— बाबाजी (@baabajee) April 24, 2022
यौन दुराचारको आरोप लागेका एमालेका उम्मेदवारलाई बहिस्कार गरौँ भन्दै खगोल गौतम लेख्छन्– ‘हैट ! जसले गफ दियो उसले फसायो ! ओलीको गफ पत्याएर दुईतिहाइ दिँदा सरकार बनाएर देश लुटेर एसियाकै पहिलो भ्रष्ट देश बनाए । फेरि अर्को स्थापित नामको गफाडी यौनदुराचारी कंलकको टिका लगाएर गफ हानेर चुनाव जित्न खोज्दैछ । यस्ता यौनदुराचारी गफाडीलाई टोलमा बहिस्कार गरौं, सुरक्षित बनौँ !’
हैट! जसले गफ लगायो उसले फसायो! ओलीको गफ पत्याएर दुई तिहाई दिदा सरकार बनाएर देश लुटेर यसिया कै पहिलो भ्रष्ट देश बनाए। फेरि अर्को स्थापित नामको गफाडि यौनदुराचारी कलंकको टिका लगाएर गफ हानेर चुनाव जित्न खोज्दै छ। यस्ता यौनदुराचारी गफाडिलाई टोलमा बहिस्कार गरौं सुरक्षित बनौ!!!
— khagol Gautam (@khgautam36) April 26, 2022
एमालेबाट मेयरको टिकट पाएर उम्मेदवारी दर्ता गरेपछि स्थापितलाई पत्रकारले ‘तपाईंलाई यौन दुराचारको आरोप लागेको छ नि’ भन्दै गरेको प्रश्नमा स्थापितले गर्वका साथ भनेका थिए- ‘म जतिको व्यक्तित्व इस्यु उठेन भने त केशव स्थापित नै भएन । विवादमा नआउने पनि केवश स्थापित हुन्छ ?’ भनेका थिए ।
यौन दुराचार गरेको विषयलाई गर्वको रुपमा लिएको भन्दै उक्त अभिव्यक्ति पछि पनि स्थापित र स्थापितलाई उम्मेदवार बनाउने एमालेको आलोचना भइरहेको छ ।
यसै विषयमा ट्वीटर प्रयोगकर्ता सरोज तिमल्सिनाले ‘पत्रकारको अगाडि यौन दुराचारी हुनुको पनि घमण्ड गर्ने केवश स्थापित जसलाई उम्मेदवारी बनाएर एमालेले कस्तो महानगर बनाउनु खोजेको ?’ भन्दै प्रश्न गरेका छन् ।
पत्रकारको अगाडी यौन दुराचारी हुनुको पनि घमण्ड गर्ने केशव स्थापित जस्तालाई उम्मेदवार बनाएर एमालेले कस्तो महानगर बनाउन खोजेको? हुन त देशको राजधानीका बासिन्दाले विवेकको प्रयोग गर्लान्, यौन दुराचारीलाई मत नदेलान् ! तर स्थापितलाई भोट हाल्न एमालेकै महिलाहरुको मन मान्छ? हात काम्दैन?
— SaW Rose Timalsina (@SawTimalsina) April 27, 2022
उनी लेख्छन्- ‘हुन त देशको संघीय राजधानीका बासिन्दाले विवेकको प्रयोग गर्लान्, यौन दुराचारीलाई मत नदेलान ! तर, स्थापितलाई भोट हाल्न एमालेकै महिलाको मन मान्छ ? हात काम्दैन ?’