एजेन्सी । मेक्सिकोको राज्य हिडाल्गोको सिमेन्ट प्लान्टमा कार्यरत कामदारका दुई विरोधी समूहबीच भएको झडपमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएको गभर्नर ओमर फयादले बुधबार बताएका छन् ।
‘आज बिहान, प्लान्टको प्रवेशद्वारमा कामदारहरूको दुई समूहबीच भएको आक्रमण बारेमा ९११ आपतकालीन सेवाहरूमा रिपोर्ट गरिएको थियो ।’ फयादले ट्वीट गरेका छन्, ‘झडपमा संलग्न नौ जना कामदारहरूलाई हिरासतमा लिइएको छ ।’
यो झडप प्लान्टको प्रशासनको नियन्त्रणलाई लिएर कामदारहरू बीचको लामो समयदेखि चलिरहेको विवादसँग जोडिएको स्थानीय मिडियाले रिपोर्ट गरेको छ ।