Logo
Logo

असार १५ : कतै बाजा बजाउँदै, कहीँ बाँझो खेत हेर्दै (फोटोफिचर)


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १५ असार । देशभर आइतबार असार १५ अर्थात् राष्ट्रिय धान दिवश मनाइएको छ । तर, विगतका वर्षहरुमा जस्तो यस वर्ष किसानले रोपाइँ गर्न पाएका छैनन् । समयमा पानी नपरेपछि अधिकांश किसानका खेत बाँझा छन् । तैपनि किसानले कतै रोपाइँ गर्दै त, कतै बाँझा खेत हेदै रोपाइँ दिवस मनाएका छन् ।
असार १५ लाग्दा समेत पानी नपर्दा डोटीको दिपायलमा धानको बिउसमेत राख्न नपाएर बाँझै रहेका स्थानीयवासीले यस वर्ष रोपाइँ दिवश सुखद् रहेन ।

त्यस्तै, पोखरामा विगतका वर्षझैँ पोखरा पर्यटन परिषद्को आयोजना एवं नमूना कृषि गाउँ महतगाँैँडा–दोविल्लाको सह–आयोजनामा पोखरा १७ महतगौँडामा १६औँं असारे रोपाइँ महोत्सव बाजागाजासहित मनाइएको छ ।
यस्तै दाङको दंगीशरण गाउँपालिकाको चखौरा नमुनागाउँ व्यवस्थापन समितिको आयोजना तथा ओरेक दाङ र महिला मानव अधिकार रक्षक सञ्जाल दाङको सहकार्यमा १६औँं धान दिवसको मनाए । उनीहरुले रोपाइँ दिवस मनाएका हुन् ।
नेपालका अधिकांश ग्रामिण भेगमा यस वर्ष धान खेती हुन सकेको छ्रन । विगतका वर्षहरुमा १५ असारसम्म ४० प्रतिशत धान खेती भइसक्थ्यो । तर, यस वर्ष खडेरीका कारण किसानका अधिकांश खेत अहिले पनि बाँझै छन् ।

तुलसीपुर दाङ दंगीशरण गाउँपालिकाको चखौरा नमुनागाउँ व्यवस्थापन समितिको आयोजना तथा ओरेक दाङ र महिला मानव अधिकार रक्षक सञ्जाल दाङको सहकार्यमा १६ औं धान दिवसको अवसरमा धान रोपाइँ दिवस मनाइँदै सरोकारवाला । तस्वीर : रासस

प्रतिक्रिया दिनुहोस्