काठमाडौं । सशस्त्र प्रहरी बलमा एआइजी बढुवा प्रक्रिया अघि बढेको छ । १९ बैशाखपछि रिक्त हुने एआइजीका दुई पदमा बढुवा प्रक्रिया अघि बढाइएको छ ।
एआइजीका दुई पद सशस्त्रमा रिक्त हुँदैछन् । त्यसमा तीन एआइजीबीच प्रतिस्पर्धा छ । नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशी दाहालबीच प्रतिस्पर्धा रहेको स्रोत बताउँछ । यसअघि एक पद रिक्त हुँदा पनि उनीहरुले दाबेदारी पेश गरेका थिए । जसमा राजु अर्याल बढुवा भएपछि उनी आइजिपी हुने पक्का भएको छ । उनी आइजिपी भएपछि रिक्त हुने पदमा समेत बढुवाका लागि शुक्रबार सूचना प्रकाशन गरिएको छ । शैक्षिक योग्यताको प्रमाणपत्र लगायतका विवरण पेश गर्न भन्दै सूचना प्रकाशन गरिएको छ ।
सशस्त्रमा हाल एआइजीको दरबन्दी रिक्त छैन । १९ बैशाखमा एक राजु अर्याल आइजिपी हुने र अर्का एआइजी रामशरण पौडेलले अवकाश पाउने भएकाले दुई पद रिक्त हुनेछन् । पद रिक्त नै नभई बढुवा प्रक्रिया सुरु भएकोमा कतिपयले भने आश्चर्य व्यक्त गरेका छन् । जबकी सशस्त्रमा एसपीका केही पद रिक्त भएको एक वर्ष हुँदा पनि बढुवा प्रक्रिया सुरु हुन सकेको छैन ।