नयाँदिल्ली । भारतमा यात्रुवाहक विमान ठोक्किदा कम्तीमा १४ यात्रु र तीन जना चालक दलका सदस्य घाइते भएको स्थानीय सञ्चारमाध्यमले सोमबार उल्लेख गरेका छन् ।
बोइङ ७३७ यात्रुवाहक विमान भारतको वित्तीय केन्द्र मुम्बईबाट पूर्वी राज्य पश्चिम बङ्गालको दुर्गापुरका लागि उडेको एनडीटीभीको रिपोर्टमा उल्लेख छ ।
१८८ यात्रु बोकेको स्पाइसजेटको विमान दुर्गापुर विमानस्थलमा अवतरण गर्नुअघि ठूलो मिड–एयर टर्ब्युलेन्स भएको थियो । एकापसमा ठोक्किने क्रममा ओभरहेड क्याबिनमा राखिएको सामान खसेर यात्रु घाइते भएका थिए ।