Logo
Logo

को हुन् सशस्त्रका नवनियुक्त महानिरीक्षक राजु अर्याल ?


8.9k
Shares

काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपाकिा–५ निवासी नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनुभवप्राप्त सुरक्षा अधिकारी हुन् ।

यसपटक महानिरीक्षकका लागि एकल दावेदार अर्यालले वि.सं २०५४ साल चैत १८ गते नेपाल प्रहरीको निरीक्षकबाट सेवा प्रारम्भ गरेका थिए ।

ग्रामीण विकास, राजनीति शास्त्र र समाजशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका महानिरीक्षक अर्याल हाल विद्यावारिधि गर्दै छन् । उनले प्रहरी अधिकृत आधारभूत तालिम, विशेष सशस्त्र तथा युद्धकला, सशस्त्र प्रहरी सहिष्णुता, गुल्मपति तथा स्टाफ, उच्च व्यवस्थापन र विकास, अन्तर्राष्ट्रिय मानवीय तथा मानवअधिकार तालिम लिएका छन् ।

अर्यालले सुकीर्तिमय राष्ट्रदीप तृतीय, सुप्रवल जनसेवा श्री, युएन मेडल, परदेश सेवा पदक, गोरखा दक्षिण बाहु चौथो, युएन सेवा पदक दैवी प्रकोप उद्धार पदक प्राप्त गरेका छन् ।

अर्यालसँग फरक–फरक दर्जामा रहेर दुई पटक लाइबेरिया मिसनसहित युएन मिसन, युएन डार्फर मिसनमा गएको अनुभव पनि छ । नेपाल प्रहरबिाट वि.सं २०५८ मा सशस्त्रमा स्थानान्तरण भएका महानिरीक्षक अर्लालले सिकेका सीप र अनुभवलाई देश र नागरिकको हित, सङ्गठन सुदृढिकरण तथा सशस्त्र प्रहरी कर्मचारी पक्षमा लगाउने विश्वास दिलाएका छन् ।

सीमा सुरक्षामा डेडिकेटेड फोर्स निर्माण गर्नेमा ध्यान केन्द्रित गर्ने योजना सुनाउँदै अर्यालले सीमा सुरक्षामा नागरिक ससस्त्र प्रहरी साझेदारी बोडर सर्भिलेन्स कमिटी गठन गरी ईन्टेलिजेन्स ब्यूरो निर्माण गर्ने उनको अठोट रहेको छ । उनले सीमा निगरानी बहुउद्देशीय सडक निर्माणमा जोड दिएका छन् ।

चौबीसै घण्टा सञ्चालन हुने गरी सीमा सुरक्षा डेस्क स्थापना गर्ने योजना रहेको सुनाउने अर्याल भन्छन– ‘शान्तिको समय तथा पब्लिक अडर म्यानेजमेन्ट जस्ता प्रकृतिका कार्यक्रममा नेपाल प्रहरी तथा प्रतिविद्रोह, आतङ्ककारी नियन्त्रण जस्ता प्रतिरक्षाका कार्यहरुमा नेपाली सेनासँग सुमधुर सम्बन्ध र समन्वयात्मक ढङ्गले अघि बढ्ने छु ।’ आर्थिक पारदर्शीतामा रहने र राजस्व सङ्कलन तथा चोरी, तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्