Logo
Logo

सुन तस्करी प्रकरणमा मुछिएका उच्च अदालत विराटनगरका न्यायाधीश सिंह बर्खास्त


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं , १७ अषाढ ।

सुन तस्करी प्रकरणमा मुछिएका उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंह सेवाबाट बर्खास्त भएका छन्।

न्यायपरिषद्ले उच्च अदालत विराटनगरकै अर्का न्यायाधीश थीरबहादुर कार्की र साधुराम सापकोटोको कार्यसम्पादन प्रक्रियालाई लिएर दुई बर्षसम्म बढुवा रोक्काको निर्णय गरेको छ।

सिंह सोमबारदेखि नै पदमुक्त भएका हुन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षातामा सोमबार साँझ बसेको परिषद् बैठकले सिंहलाई बर्खास्त गर्ने निर्णय लिएको हो।

सिंह सोमबारदेखि पदमुक्त भएका छन्। परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बर्खास्त र भम्भीर रुपमा सचेत गराएको जानकारी गराए। यी न्यायाधीशलाई सातदिन भित्र स्पष्टिकरण पेस गर्न भनिइको थियो।

प्रतिक्रिया दिनुहोस्