Logo
Logo

चुनावको मुखमा काठमाडौंमा चोरहरू सक्रिय, पूर्व एसएसपीकाे घरबाट चोरी


104k
Shares


काठमाडौं चुनावको मुखमा काठमाडौं उपत्यकामा चोरहरु सक्रिय भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलका पूर्वएसएसपी दीपक थापाकै घरमा समेत चोरी भएको छ । उनको घरबाट १६ तोला सुन र ६० हजार रुपैयाँ चोरी भएको हो । कागेश्वरी–मनहरा– ६ मूलपानी, राधाकृष्ण मार्गस्थित घरमा बिहीबार दिउँसो चोरी भएको हो ।


१६ तोला सुनका गहना र ६० हजार रुपैयाँ चोरी भएको प्रहरीले पुष्टि गरेको छ । घरमा कोही नभएको अवस्थामा मूलढोकाको ताल्चा फुटाएर चोरी भएको हो । थापाले सो घर बिक्रीका लागि विज्ञापन राखेका थिए । त्यसपछि घर हेर्न विभिन्न समूह पुग्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । केही दिनदेखि निगरानी गरेर योजनाबद्ध रूपमा चोरी भएको प्रहरी आशंका छ । स्थानीय प्रहरीसहित काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले समेत घटनाको अनुसन्धान थालेको छ ।


केही दिनयता उपत्यकामा चोरीका घटना बढेका छन् । चक्रपथको बाहिरी क्षेत्रका बस्तीमा दिउँसोको समयमा चोरी बढेको प्रहरी अधिकारी बताउँछन् । गत फागुनमा कैद माफी पाएर जेलबाट छुटेकासमेत चोरीमा सक्रिय भएको प्रहरी आशंका छ । विगतमा पक्राउ परी छुटेका हालैका केही घटनामा संलग्न भएको पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्