Logo
Logo

गर्भपतनसम्बन्धी ‘मौलिक’ अधिकारको रक्षा गर्नुपर्नेमा जो बाइडेनको जोड


504
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी मतदाताहरूले गर्भपतनसम्बन्धी ‘मौलिक’ अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

सर्वोच्च अदालतले उक्त प्रक्रियालाई अनुमति दिने संवैधानिक प्रत्याभूति खारेज गरेमा अमेरिकी मतदाताले गर्भपतनको ‘मौलिक’ अधिकारको रक्षा गर्नुपर्ने उनले बताएका हुन् ।

अदालतले बहुमतको मसौदाको पोलिटिकोद्वारा प्रकाशित प्रति पुष्टि नगरिएको र राष्ट्रव्यापी अधिकार समाप्त गर्ने काम अदालतले गरेको भन्दै राष्ट्रपति बाइडेनले राजनीतिक प्रभावमा नागरिकको अधिकारलाई कुण्ठित गर्न नहुने धारणा राखे ।

तथापि, यदि अदालतले यसलाई अनुमोदन गरिदिएमा गर्भपतनसम्बन्धी कानुनी राज्यहरूको आ–आफ्नो कानुनमा निर्भर हुनेछ र नोभेम्बरको मध्य चुनावमा सो प्रक्रियाको अधिकारलाई समर्थन गर्ने अधिकारीहरूलाई यसलाई निर्वाचन गर्न मतदाताहरूमा दबाव पर्ने उनले एक पत्रकार सम्मेलनमा बताए ।

प्रतिक्रिया दिनुहोस्