पहिलोपटक काठमाडौं आउँदा उनी १४ वर्षकी मात्र थिइन् । एसएलसी परीक्षा फेल भएपछि रोल्पाको कोर्चुबाङदेखि काठमाडौं भागेर आएकी झरना पुन मगर अहिले गायन र मोडलिङमा चर्चित छिन् । तर, यहाँसम्म पुग्नलाई कति संघर्ष गर्नुप¥यो, पीडा उनैसित छ । ‘एक वर्ष त परिवारका सदस्यसँग सम्पर्कविहीन भएर बसेँ’ झरनाले सुनाइन्, ‘आमा–बाबुले गाउँमै फर्काएर लान खोजेपछि सम्पर्कविहीन भएर बसेकी हुँ ।’ झरना रोल्पाबाट काठमाडौं आएको ६ वर्ष भयो । दिदीको आडमा गाउँबाट भागेर काठमाडौं आएकी उनी यहाँका गल्लीहरु कतिपटक त हराइन् पनि । तर, संघर्ष गर्न छाडिनन् । मोडलिङ र गायनलाई सँगै डो¥याउँदै आएकी झरना एक रोधी क्लवमा गाउँछिन् । ‘दोहोरी त जस्तो पनि फर्काउन सक्छु’ आफ्नो कला खोलिन्, ‘तर, स्वरचाहिँ खाशै राम्रो छैन ।’ यिनै मोडल तथा गायिका झरना पुन मगरसँग बागबजारको एक चिया पसलमा एमपी सुब्बाको जम्काभेट :
तपाइँको घर कहाँ हो ?
मेरो घर रोल्पाको कोर्चुबाङ हो । ६ वर्षअघि एसएलसी परीक्षामा फेल भएपछि काठमाडौं भागेर आएकी हुँ । त्यो बेला १४ वर्षकी मात्र थिएँ ।
त्यसरी सानै उमेरमा भाग्ने सोच कसरी आयो ?
एसएलसी फेल त भइहालेँ । किन गाउँमा बस्ने भनेर काठमाडौं भागेर आएकी हुँ । यहाँ दिदी हुनुहुन्थ्यो । म आउँदैछु भनेर उताबाट भागेकी हुँ ।
काठमाडौं ठूलो सहर छ । हराउँछु भन्ने डर लागेन ?
दिदीलाई मलाई बसपार्क लिन आउनु भनेकी थिएँ । तर, घरमा म भागेको आमा–बुबाले थाहा पाउनुभएछ । थानकोट चेकपोष्टमा गाडी चेक गरेर मामाहरुले भेटाएर घर लैजानुभयो । त्यसपछि मात्र दिदीसँग भेट भयो ।
अहिले मोडलिङ र गायनमा चर्चित बन्नुभएको छ । यो क्षेत्रमा कसरी लाग्नुभयो ?
एकजना दाई चिनेको हुनुहुन्थ्यो । उहाँले तीजको गीतमा मोडलिङ गर्ने हो भनेपछि मेरो मोडलिङ यात्रा सुरु भएको हो ।
मोडलिङ र गायनमध्ये कुन पहिले सुरु गर्नुभयो ?
मोडलिङ नै पहिले सुरु गरेकी हुँ । तर, जुन वर्ष मोडलिङ गरेँ, त्यही साल गाउन थालेकी हुँ । यो क्षेत्रमा लागेको तीन वर्ष भयो । मेरो पहिलो एल्बम ‘वनको चिलाउने’ हो ।
तपाइँ कस्तो गीत बढी गाउनुहुन्छ ?
म प्रायः टिपिकल लोकदोहोरी गीत गाउँछु । मोडलिङ पनि लोकदोहोरी र तीजका गीतमै बढी गरेकी छु ।
मोडलिङ गर्ने र गीत गाउने सोच गाउँमा हुँदै थियो ?
अँह थिएन । गाउँमा स्कुलमा चाहिँ नाच्ने गर्थेँ । तिहारमा देउसी–भैलोमा नाच्थेँ । तर, गायिका वा मोडल नै बन्छु भनेर सोचेकी थिइनँ । यही आएपछि सबै कुरा भयो ।
काठमाडौं आएपछि फेरि पढ्ने सोच आएन ?
बेला–बेला आउथ्यो । तर, आँट नै आएन । आमा–बाबुले पनि गाउँमा आऊ, पढ भन्नुहुन्थ्यो । तर, मलाई गाउँ जानै मन परेन । घरमा फर्काएर लैजान्छन् भनेर एक वर्ष घरका मान्छेसँग सम्पर्कविहीन भएर बसेँ ।
अहिलेचाहिँ के गर्दै हुनुहुन्छ ?
भर्खरै प्रकाश सपुतसँग एउटा भिडियो गरेकी छु । ‘उडाइ देउ उडाइ देउ, नेपालको धुलो चाइना पु¥याउदेउ’ बोलको गीत हो । जुन चाँडै आउँदैछ ।
गायन र मोडलिङबाहेक अरु के गर्नुहुन्छ ?
बेलुकी एउटा रोधी क्वलमा गाउँछु । अरुबेला मोडलिङ र रेकर्डिङमा व्यस्त हुन्छ । अहिले मेला महोत्सवको सिजन छैन । महोत्सवमो सिजनमा पूरै व्यस्त भइन्छ ।
दोहोरी साँझमा गाउन कतिको गाह्रो छ ?
छैन, दोहोरी त जस्तो पनि गाउन सक्छु । उत्तर फर्काउन सक्छु । तर, मेरो स्वर पो राम्रो छैन । ग्राहकहरु प्रायः मैसँग गाउन खोज्छन् ।
राम्री भएर होला नि ?
खै त्यो त । राम्री भएरभन्दा पनि फस्र्यौली छु । जोसँग पनि मीठो बोल्ने, हास्ने गर्छु । म चञ्चल स्वभावकी छु । चुप लागेर त बस्नै सक्दिनँ ।
फस्यौली, राम्री र चञ्चल स्वभावकी हुनुहुन्छ । प्रेम प्रस्ताव कतिको आउँछ ?
मन पराउँछु, माया गर्छु भन्नेहरु त धेरै आउँछन् । बिहे गरौँ भन्नेहरु पनि आउँछन् । तर, मलाई मनपर्ने भेटेकी छैन । मनपरेको भेटेपछि एकैपटक बिहे गर्ने सोच छ ।
फिल्ममा अभिनय गर्ने इच्छा छ कि छैन ?
इच्छा त छ । तर, मलाई मनपर्ने विषयवस्तु र सुहाउँदो भूमिका हुनुपर्छ । म चञ्चल स्वभावकी भएकाले चञ्चल केटीको भूमिका गर्ने मन छ ।